पोखरा । गण्डकी प्रदेश तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ । पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई तीन–दुईको सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो । अपराजित रुपमा फाइनल पुगेको एपीएफले पहिलो सेट २५-१६ ले जितेको थियो । गण्डकी प्रदेशले दोस्रो सेट २५-१८ तथा तेस्रा सेट २५-१९ ले जितेको थियो ।
चौथो सेट एपीएफले २८-२६ ले जितेपश्चात खेलको निर्णय पाँचौ सेटबाट भएको थियो । निर्णायक पाँचौ सेट १५-८ ले जितेर गण्डकी च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले पाँच लाख नगद प्राप्त गरेको छ । दोस्रो हुन सफल एपीएफले भने दुई लाख ५० हजार नगद प्राप्त गरेको छ ।
महिलातर्फको उपाधि एपीएफले क्लबले जितेको छ । त्रिभुवन आर्मी तीन-एकको सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
च्याम्पियन एपीएफले पाँच लाख नगद प्राप्त गरेको छ । दोस्रो हुन सफल आर्मीले भने दुई लाख ५० हजार नगद प्राप्त गरेको छ ।
माघ ८ गतेबाट पोखरामा सुरु यस प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको थियो ।
महिलातर्फ च्याम्पियन नेपाल एपीएफ क्लबसहित त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब र गण्डकी प्रदेशको सहभागीता थियो ।
पुरुषतर्फ भने च्याम्पियन गण्डकी प्रदेशसहित विभागिय टोली त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, विभागिय टोली नेपाल पुलिस क्लब र विभागिय टोली नेपाल एपिएफ क्लबको सहभागिता थियो ।
एपीएफका खेलाडीमाथि दर्शकबाट बोतल प्रहार
खेल चलिरहेकै वेला खेल दुईपटकसम्म तनावको अवस्थामा पुगेको थियो । खेल हेर्नका लागि प्यारापिटमा बसेका दर्शकले एपीएफका खेलाडीमाथि बोतल प्रहार गरेका थिए । पहिलोपटक केही तनावग्रस्त भए पनि सुरक्षाकर्मीले दर्शकलाई संयमित हुन अनुरोध गर्दै अवस्था शान्त पारेका थिए । दोस्रोपटकमा भने गण्डकीले १७ र एपीएफले १४ अंक ल्याएका वेला गण्डकी प्रदेशका समर्थकले एपीएफका खेलाडीमाथि एकाएक पानीका बोतल प्रहार गरेका हुन् ।
आफूले समर्थन गरेको समूह नै अगाडि रहेका वेला पनि उनीहरूले सशस्त्रका खेलाडीलाई बोतल प्रहार गरेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफका खेलाडीलाई होतोत्साही बनाएर खेल आफूले समर्थन गरेको गण्डकी प्रदेशको टोलीलाई विजयी गराउन बल दिने गरी समर्थकले बोतल प्रहार गरेका हुन् ।
एपीएफको कोर्टमा बोतल पुग्दासाथ कोर्टमा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले खेलाडीहरूलाई कोर्टमा सुरक्षित राखेर अवस्थालाई नियन्त्रणमा लिएका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका