‘प्रेमको आगो’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कवि आनन्दकला राईको कविता संग्रह ‘प्रेमको आगो’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच दलेन्द्र मुकारुङको सभापतित्व र श्रवण मकारुङको प्रमुख आतिथ्यतामा कवितासंग्रह लोकार्पण गरिएको हो । लोकार्पण समारोहमा अतिथिको रूपमा शान्तिकुमारी राई, अधिवला, उपप्राध्यापक डा.यादेवी ढकाल, सचित राई, प्रगति राई, वीरेन्द्र मालाकार र जयकुमार राई उपस्थित हुनुहुन्थ्यो ।

लेखक राई ग्रामर स्कुल/कलेजकी नेपाली भाषाकी शिक्षिका हुनुहुन्छ । उहाँले निकालेको यस पहिलो कविता संग्रहमा आफ्नै जीवन भोगाई, पीडा, हर्ष सबैलाई सम्टनुभएको छ । रोशन वान्तवाले सञ्चालन गरेको कार्यक्रममा शान्तिकुमारी राईले टिप्पणी समीक्षा गर्नुभएको थियो भने मालाकार, यादेवी ढकाल र प्रगति राईले विमोचित संग्रहको एउटा-एउटा कविता वाचन गर्नुभएको थियो ।

प्रमुख अतिथि श्रवण मुकारुङले कविताको विभिन्न आयामको बारेमा र कविता के हो भन्ने कुरा प्रष्ट पार्नुभएको थियो । उहाँले यो कविता संग्रह स्वछन्द छन्दमा रहेको बताउँदै यो छन्दको क्षितिज धेरै ठूलो रहेको बताउनुभयो । लैबरी लोक सांस्कृतिक समाजको आयोजनामा कार्यक्रम कोटेश्वर ग्रामर स्कुल हलमा सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dilendra Rai
Dilendra Rai
2023-01-30 7:22 am

समाचार प्रकाशनका लागि हार्दिक आभार !

रिलेटेड न्युज

छुटाउनुभयो कि ?