किसानका उत्कृष्ट डिलर सम्मानित

Read Time = 3 mins

काठमाडौं । किसान पाइप प्रोडक्सन प्रालिले उत्कृष्ट डिलरलाई सम्मान गरेको छ । राजेश सेनिटरीका विकास अग्रवाल, दाङका फनिराज पोखरेल, काठमाडौंका रविन्द्र प्रधानांग, काठमाडौंका राजेन्द्र माखारी र सानेपाका अजयकुमार पाण्डे सम्मानित हुनुभएको हो । शनिबार राजधानीमा आयोजित १३औँ साधारण सभामा कम्पनीका अध्यक्ष विष्णुप्रसाद पाण्डेले उहाँहरूलाई सम्मान गर्नुभएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार किसान पाइपका नेपालभर तीन सय ५० भन्दा बढी डिलर रहेका छन् भने कम्पनीले सिपिभिसी, पिभिसी, एचडिपिई पाइप तथा वाटर ट्यांक उत्पादन गर्दै आएको छ ।

साधारण सभामा कम्पनीका अध्यक्ष पाण्डेले लामो समयदेखि निर्माण क्षेत्रमा व्यवसाय गर्दै आएकाले किसानले गुणस्तरीय निर्माण सामग्रीमात्रै उत्पादन गर्ने गरेको र सोही कारण पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सामानको माग उच्च रहेको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘हामी मूल्यमा होइन, गुणस्तरमा केन्द्रित छौँ, आजका दिनसम्म आइपुग्दा घर, उद्योग, हाउजिङ, कमर्सियल बिल्डिङलगायत सम्पूर्ण क्षेत्रमा प्रयोग हुने पाइप र फिटिंग्स दिन सफल भएका छौँ ।’ १२ वर्षअघि नवलपरासीको बर्दघाटमा ट्यांकी फ्याक्टी र पाइप उत्पादनबाट सुरु गरेको कम्पनीले हाल फिटिंग्स युपिभिसी, एचडिभी, पिभिसी रातो माल्डो ट्यांक, ब्लो ट्यांक, बोरिङ पाइपलगायत उत्पादन गर्दै आएको छ । कम्पनीका प्रबन्ध निर्देशक अजय पाण्डेले कम्पनीले जापानिज ब्राण्डसँगको सहकार्यमा उत्पादन गर्दै आएकाले दिनप्रतिदिन व्यवसाय बढेको दाबी गर्नुभयो ।

कम्पनीका निर्देशक भीम पौडेलले हालको मन्दीमा पनि कम्पनीका गुणस्तरीय उत्पादनका कारण राम्रो बजार भएको बताउनुभयो । कार्यक्रममा सेयर होल्डर प्रेम महर्जन, अजय अटल, फणिन्द्रराज पोखरेल र सुरेन्द्र श्रेष्ठले डिलरबीच आपसी सहकार्य गर्दै उत्पादनलाई सहज र सुलभरूपमा बजारको मागअनुसार उपलब्ध गराउनु मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?