जेरुसेलम । वेस्ट बैंकमा इजरायली सेनाले १० प्यालेस्टाइनीको हत्या गरेका उक्त क्षेत्रका अधिकारीहरूले बताएका छन् । उत्तरी सहर जेनिनको भीडभाड शरणार्थी शिविरमा छापा मार्ने क्रममा वेस्ट बैंकमा विस्फोट र आक्रमणमा उनीहरुको मृत्यु भएको हो । विस्फोटपछि सडकहरूमा बन्दुकको गोली चलेको आवाज सुनिएको थियो ।
९ जनाको मृत्यु आतंकवादविरोधी अभियानका रुपमा गरिएको कारबाहीमा भएको इजरायली सेनाले जनाएको छ ।
यसैबीच, पूर्वी जेरुसेलममा प्रार्थनासभामा भेला भएका व्यक्तिमाथि एक प्यालेष्टिनी बन्दुकधारीले आक्रमण गर्दा सात जना मारिएका छन् भने तीन जना घाइते भएका छन् ।
नेभ याकोभस्थित प्रार्थनास्थलमा भएको हमलामा ७ जना मारिएका प्रहरीले जनाएको छ । प्रहरीले सो आक्रमणलाई आतंकवादी भनेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको