काठमाडौं । चेक गणतन्त्रको नयाँ राष्ट्रपतिमा पावेल नहराद निर्वाचित हुनुभएको छ ।
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का पूर्वमहासचिव नहराद चेक गणतन्त्रको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
चुनावी परिणाममा ६१ वर्षीय नहरादले आफ्ना प्रतिद्वन्द्वी आंद्रेज बाबिसलाई पराजित गर्दै खसेको कुल मतको ५७ दशमलव ६ प्रतिशत मत प्राप्त गर्नुभयो। सन् २०१७ देखि २०२१ सम्म प्रधानमन्त्री रहनुभएका बाबिसले आफ्नो पराजय स्वीकार गर्नुभएको छ ।
नयाँ राष्ट्रपतिमा चयन भए लगत्तै नहरादले आगामी मार्चमा दोस्रो कार्यकाल सकिन लागेका राष्ट्रपति मिलोस जेमानको स्थान लिनुहुनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका