हिउँ पन्छाएपछि खुल्यो नाग्म-गमगढी सडक

हिमालय टाइम्स
Read Time = 2 mins

नृपेन्द्र बहादुर मल्ल

मुगु । हिउँ जमेपछि ५ दिन यताबाट अवरुद्ध नाग्म गमगढी सडक सुचारु भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले सडक खण्डको पिना-सातमोड-बुलबुले क्षेत्रमा जमेको हिउँ एक्सावेटरको प्रयोग गरेर पन्छाउने काम आईतबार सम्पन्न गरेसंगै अवरुद्ध सडक संचालनमा आएको हो ।

गत १० गते रातीबाट ११ गतेसम्म हिमाली जिल्लाहरुमा हिमपात हुदा यो क्षेत्रमा २ फिट भन्दा बाख्लो हिउँ जमेको थियो । हिउँ बाक्लाे जमेपछि नाग्म गमगढी सडकमा गत १० गतेबाटै यातायातका साधनहरु चल्न सकेका थिएनन ।

सिंजालगायत गमगढी आसपासमा हिउँ घामले पग्लिएपछि घुच्ची लेख जहाँ सातमामोड र बुलबुले क्षेत्र पर्छ त्यहाँ बाख्लो हिउँ जमेर सडक अवरुद्ध भएको थियो सो क्षेत्रको हिउँ हटाउन डिभिजन कार्यालयले १२ गतेबाटै हिउँ पन्छाउन शुरु गरेको र सो काम आईतबार दिउसो सम्पन्न भएसंगै सडक सुचारु भएको सडक डिभिजन कार्यालय जुम्लाका सुपरभाईजर जंगी विश्वकर्माले बताउनु भयो ।

विगत वर्षहरुमा वर्षामा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिना दिन सम्म अवरुद्ध हुने गरेपनि यो आवबाट सडक डिभिजन कार्यालय जुम्लाले पहिरो र हिउँ पन्छाउन ठाँउ ठाँउमा एक्साभेटर र कर्मचारीहरु तयारी अवस्थामा राख्दा बढीमा एक हप्तासम्म मात्र सडक अवरुद्ध हुने गरेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?