यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैँकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ १४ पैसा र बिक्रीदर १३० रुपैयाँ ७४ पैसा तोकिएको छ ।

युरोपियन युराे एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीमा १४२ रुपैयाँ ३६ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिदमूल्य ९२ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ९६ पैसामा कारोबार भइरहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८२ पैसा तोकिएको छ । कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ८० पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५४ पैसा र बिक्रीमा १० रुपैयाँ ५८ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६२ पैसा र बिक्रीमा १६ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४२६ रुपैयाँ ३४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३० पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ १८ पैसा र बिक्रीमा ३४६ रुपैयाँ ७७ पैसा रहेकाे नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?