कविता संग्रह ‘प्रेमको आगो’ लोकार्पण

सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं । कवि आनन्दकला राईको कविता संग्रह 'प्रेमको आगो' लोकार्पण गरिएको छ । राजधानिमा एक कार्यक्रमका बिच दिलेन्द्र मुकारूङको सभापतित्व र श्रवण मकारुङको प्रमुख आतिथ्यतामा कवितासंग्रह लोकार्पण गरिएको हो ।

कार्यक्रममा अतिथीको रुपमा शान्ती कुमारी राई, अधिवला, उप प्राध्यापक डा. यादेवी ढकाल, सचित राई, प्रगती राई, बिरेन्द्र मालाकार र जय कुमार राई उपस्थित थिए ।

रोशन वान्तवाले सन्चालन गरेको कार्यक्रममा शान्ति कुमारी राईले टिप्पणी, समिक्षा गरेकी थिइन । उनका अनुसार नेपालामा विभिन्न जात जातीका आ-आफ्नै भाषा भएको हुनाले नेपाली भाषा दोस्रो भाषाको रुपमा सिक्नु पर्ने र मातृभाषामा जिड दिने समय आएको छ ।

लेखक राईल ग्रामा स्कुलरकलेजकी नेपाली भाषाकि शिक्षिका हुन । उनले निकालेको यस पहिलो कविता संग्रहमा आफ्नै जिवन भोगाई, पिडा, हर्ष सबैलाई समेटेकी छन ।

कार्यक्रममा मालाकार, यादेवी ढकाल र प्रगति राईले विमोचित संग्रह‌को एउटा एउटा कविता बाचन गरे । प्रमुख अतिथी श्रवण मुकारूङ‌ले संग्रहको विमोचन गर्दै कविताको विभिन्न आयामको बारेमा र कविता के हो भन्ने कुरा प्रष्ट पारेका थिए । उनले यो कविता संग्रह स्वछन्द्र छन्द‌मा रहेको बताउँदै यो छन्दको क्षितीज धेरै ठूलो रहेको बताए ।

लैबरी लोक सास्कृतिक समाजको आयोजनामा कार्यक्रम कोटेश्वर ग्रामर स्कूल हलमा सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?