श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

भोजपुर । आफ्नै श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको आरोपमा अरुण गाउँपालिका-२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

ज्ञानबहादुरले मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको भन्ने सुचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय भोजपुर ईलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?