काठमाडौं । रवि लामिछानेले नागरिकताको प्रमाणपत्र लिने कार्य प्रक्रियामै रहेको छ । आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उहाँले पुनः नागरिकताको प्रमाणपत्र लिन निवेदन दिनुभएकाे थियाे । उहाँलाई नागरिकताको प्रमाणपत्र दिने कार्य प्रक्रियामै रहेको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयाे ।
‘अहिले उहाँ (रवि)लाई नागरिकताको प्रमाणपत्र दिने प्रक्रियामै रहेको छ,’ उहाँले न्युज कारखानासँग भन्नुभयाे । अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गर्दै लामिछानेले पुनः नेपाली नागरिकता प्रमाणपत्र माग गरेर निवेदन दिनुभएकाे हाे ।
अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पद गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उहाँले गुमाउनु परेकाे थियाे ।
यसपछि आइतबार समर्थकसहित उहाँ पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रशासन कार्यालय काठमाडौंमा पुग्नुभएकाे हाे । प्रशासन परिसरमा अहिले उहाँका समर्थकको भिड लागेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको