वडाबाटै सामाजिक सुरक्षाभत्ता

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । जिल्लाको हरिपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छ ।

नगर प्रमुख गोपाल पजियारले आईतवार नगरको वडा नं– ३ फरहदवामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गर्नुभएको हो । लाभग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै, नगरप्रमुख पंजियारले दुई जना जेष्ठ नागरिकलाई भत्ता दिएर वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण शुभारम्भ गर्नुभयो ।

चालू आर्थिक वर्षको दोश्रो तैमासिक भत्ता वितरण कायक्रम अन्तर्गत आज पहिलो दिन जेष्ठ नागरिकलाई भत्ता गरिएको छ । आज वडाका सबै झण्डै पौने तीन सय जेष्ठ नागरिक र एकल महिलाहरुलाई भत्ता वितरण गरी सकेर भोलिदेखि अन्य सामाजिक सुरक्षाभत्ता पाउनेहरुलाई भत्ता वितरण नगर पालीकाका सामाजीक शाखा प्रमुख बिनय पौडेलले बताउनु भयो । वडा नम्बर ३ का वडाअध्यक्ष लालमोहम्मद शेखले वडाका झण्डै ७ सय लाभग्राहीहरुलाई वडा कार्यालयबाटै सुरक्षाभत्ता प्रदान गर्न सुरु गरिएको बताउनु भयो ।

फरहदवास्थित वडा कार्यालयबाटै वितरण हुने भत्ता वितरणका लागि उपमेयर निलम देवी राय,वडाका जनप्रतिनिधि तथा एनआइसी एसिया बैंक हरिपुर शाखाका कर्मचारीहरु खटिएका छन् । वडा कार्यालयबाटै भत्ता पाएपछि खुशि हुँदै जेष्ठ तथा वृद्धवृद्धा नागरीकहरु भत्ता बुझ्नका लागि लाईन लागेर बसेका छन् ।

पहिला पहिला भत्ता पाउन त्यति सहज थिएन । लाभग्राहीहरुलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउन वडा कार्यालयबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्न सुरु गरिएको नगर प्रमुख गोपाल पंजियारले बताउनु भयो । उहाँले अन्य वडाहरुमा पनि वडा कार्यालयबाटै सामाजिक सुरक्षाभत्ता वितरण हुने बताउनु भयो । हरिपुर नगरपालिकामा झण्डै ७ हजारले सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?