प्रमोसनल टुरमा ‘फूलबारी’

Read Time = 2 mins

काठमाडौं । रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘फूलबारी’ले देशका सात प्रमुख शहरमा प्रमोसन अभियान सुरु गरेको छ । आगामी फागुन ५ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको यो चलचित्रको टिमले गत शुक्रबारदेखि बुटवलबाट अभियान सुरु गरेको हो । अभियान माघ २१ गतेसम्म चल्ने भनिएको छ । चलचित्रले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिटजस्ता प्रमोसन कार्यक्रम सुरु गरेको छ ।

प्रमोसनल टुरमा चलचित्रको टिम पोखरा, चितवन, इटहरी र बिर्तामोडसम्म पुग्ने भएको छ । उक्त टिममा प्रियंका कार्की, विपिन कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बासकोटालगायत सहभागी हुनुहुन्छ । गत शुक्रबार बुटवल पुगेको चलचित्रको टिम आइतबार पोखरा पुगेको छ भने मंगलबार चितवन, बिहीबार इटहरी र शुक्रबार बिर्तामोड पुग्ने कार्यक्रम छ ।

चलचित्रमा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय छ ।

यशोदा फिल्मस्को ब्यानरबाट निर्माण भएको चलचित्रमा मनिष ढकाल निर्माता हुनुहुन्छ भने मणिराम पोखरेल कार्यकारी निर्माता रहनुभएको छ । जोश हेरुमले छायांकन गरेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो । चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?