चलचित्र ‘पशुपति प्रसाद’को सिक्वेल ‘भष्मे डन’

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद’को सिक्वेल ‘भष्मे डन’ निर्माणको आधिकारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा ‘पशुपति प्रसाद’ रिलिजको सात वर्षको अवसरमा निर्माण कम्पनी टुकी आर्टस प्रालिले केक काटेर खुशीयाली मनाउँदै सिक्वेल घोषणा गरेको हो । निर्देशक दीपेन्द्र के खनालले निर्देशन रहने फेञ्चाइजको नाम ‘पशुपति प्रसाद २ : भष्मे डन’ जुराइएको छ ।

अभिनेता खगेन्द्र लामिछानेको लेखन र निर्माण रहने चलचित्रको शीर्ष भूमिकामा अभिनेता विपिन कार्की रहनुहुनेछ । उहाँ ‘पशुपति प्रसाद’को लोकप्रिय पात्र ‘भष्मे डन’ हुनुहुन्छ । ‘भष्मे डन’मा विपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापामगर, विभू पौडेल, प्रकाश दाहाललगायत कलाकारको अभिनय रहने बताइएको छ ।

आगामी फागुन मध्यदेखि छायांकनमा जाने यो चलचित्र २०८० सालको दशैँ अवसर पारेर फूलपातीमा रिलिज हुने जनाइएको छ । कृष्ण भारद्वाज र सुवास भुसालको संगीत रहने चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दीर्घ खड्काको सम्पादन रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?