मुम्बई । चलचित्र ‘वाल्टेयर विरैया’को आइटम गीतका लागि अभिनेत्री उर्वशी रौतेलाले करोडौं पारिश्रमिक लिनुभएको छ । उहाँले तीन मिनेटको गीत ‘बस पार्टी’ मा नृत्यका लागि दुई करोड भारतीय रूपैयाँ पारिश्रमिक लिनुभएको हो ।
दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र उर्वशीको अभिनय रहेको यो भिडियो गीतले राम्रो चर्चा पाइरहेको छ भने, चलचित्रको कमाई पनि उत्कृष्ट रहेको छ । चिरञ्जीवीले यो चलचित्रमा काम गरेबापत करिब ५० करोड भारतीय रूपैयाँ लिनुभएको थियो । चलचित्रका खलनायक प्रकाश राजले भने उर्वशीले जति शुल्क पनि लिनुभएको छैन ।
प्रकाश राजले भिलेनको भूमिका निभाउन १.५ करोड भारु पारिश्रमिक लिनुभएको छ । चलचित्रका अर्का मुख्य कलाकार रवि तेजाले १७ करोड पारिश्रमिक लिनुभएको सार्वजनिक भएको छ । यस्तै चलचित्रकी अभिनेत्री श्रुति हसनले २.५ करोड भारु पारिश्रमिक लिनुभएको छ ।
जनवरी १३ मा प्रदर्शनी भएको यो चलचित्र एक एक्सन ड्रामा हो । चलचित्रमा चिरञ्जीवी डनको भूमिकामा देखिनुभएको छ भने रवि तेजाले एसिपी विक्रम सागरको भूमिका निभाउनुभएको छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका