सनराइजका थप तीन शाखारहित सेवा

Read Time = 1 min

काठमाडौं । सनराइज बैंकले रूपन्देहीको गैडहवा गाउँपालिका-३ लौन्डिहवा, कैलालीको लम्कीचुहा नगरपालिका-६ गुलरा र कावासोती नगरपालिका-१ हिमालचोकमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

तीन शाखारहित बैंकिङ सेवासँगै शाखारहित सेवा संख्या सय पुगेको छ । बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित सेवाअन्तर्गत एटिएम कार्डमार्फत् कारोबार गर्न सकिने तथा सो सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवा लिन सक्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?