कर्पोरेट गल्फ प्रतियोगिता

Read Time = 2 mins

काठमाडौं । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल चेम्बर अफ कमर्सले कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरेको छ । काठमाडौंको सिनामंगलस्थित रोेयल नेपाल गल्फ क्लब प्रतियोगिताको समापन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले गल्फ प्रतियोगितालाई व्यवस्थित बनाएर मुलुकको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । कर्पोरेट गल्फमार्फत् मुलुकका उद्यमी व्यवसायीलाई एकै ठाउँमा जोड्न सकिने भन्दै उहाँले गल्फमार्फत् आन्तरिक र बाहृय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

गल्फ खेलले शारीरिक विकास र मनोरञ्जनसँगै मानसिक स्वास्थ्यमा पनि सहयोग पुर्‍याउने भएकाले व्यापक बनाउनुपर्ने भएकाले रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा चेम्बरले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने अध्यक्ष मल्लले बताउनुभयो । गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले राज्यको साथ र नीतिगत व्यवस्था गरेर गल्फको विकासमार्फत् पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।

शनिबार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर अध्यक्ष मल्लले पुरस्कृत गर्नुभएको थियो । पुरुषतर्फ नीतिममणि राजभण्डारी ४० उच्च स्कोरसहित र महिलातर्फ ३२ स्कोरसहित आर्सिया बानु पुरस्कृत हुनुभएको हो । आमन्त्रित समूहतर्फबाट कान्तिपुर दैनिकका सहायक म्यानेजर किशोर बस्नेत ३५ स्कोरसहित पुरस्कृत हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?