नीतिमा राज, फेरको राजनीतिमा युवा

चूडामणि कोइराला
Read Time = 15 mins

शास्त्रको नीतिभन्दा राजनीति शास्त्रको नीतिलाई सर्वश्रेष्ठ नीति सर्वमान्य भएको छ । ‘राजनीति’ नीतिहरू मध्येको राजा नीति नै हो तर व्यवहारमा त्यस्तो कतै छनक देखिँदैन । कुनै एउटा व्यक्तिको राजनीतिक क्रियाकलापले निश्चित खुड्किलो पार गर्दछ तब त्यो अपार शक्तिमा परिणत हुन्छ । उसको त्यो शक्ति सन्तुलनमा भएन भने उन्मादमा परिणत भएको देखिने गरेको छ । नेपालमा रहेका जति राजनीतिक दल छन् ती सबै उन्माद राजनीतिमा रमेर रहेका छन् । नीति, थिति, कानुन नेताका लागि गुमनाम बन्ने गरेको छ । पार्टीको सिद्धान्त, नीति र व्यावहारिक पक्ष केही नकेलाएर/नबुझेपछि कुनै दलगत पार्टीको राजनीति ‘राजनीति’ रहेन । किनभने सबैले सिद्धान्तलाई तिलाञ्जलि मात्र दिएका छैनन् आफू कुन पार्टीको उम्मेदवार हुँ भन्ने नै अनविज्ञ सांसद बनेर संसद्मा भित्रिएका छन् ।

आफ्नो पार्टी र पार्टीको उम्मेदवार असक्षम हुनु नै गठबन्धन गर्नुको मुख्य जोड हो । राजनीतिलाई नीतिहरूको ‘राजा नीति’ भन्ने ‘चाणक्य दर्शन’ मा मात्र आजको राजनीति टिकेको छैन । बकवास राजनीतिमा दलका नेताहरू पानीले घुमाएको पिसानी घट्टा घुमेझै धुन्धुनी घुमिरहेका छन् । राजनीति अब सिद्धान्तशास्त्र नै रहेन यो स्वार्थगत रूपमा प्रयोगमा आइसकेको ‘राजनीति’ कहिले लिगमा आउने हो भन्ने राजनीतिक शास्त्रका जानकार नै अनभिज्ञता प्रकट गर्दै आउन थालेका छन् । राजनीति नेताका लागि नसा बन्यो तर सिद्धान्तविहीन अर्थसँग मात्र यो जोडिएको छ ।

नसामाथि मादक पदार्थको नसा पिएपछि राजनीति त्यसै फोहोरी त हुने नै भयो । फोहोर भन्नेबित्तिकै गन्ध आउने कुनै वस्तु वा चिज हो । राजनीतिमा गएगुज्रेका नेतालाई हामी कार्यकर्ताले जदौ गर्ने मानसिकताको कारण ‘राजनीति’ फोहोरी बन्न गयो । राजनीति आज व्यापारीकरणको चंगुलमा चाङ बनेर ‘राज’ हुने गरेको छ ।

नसामाथि मादक पदार्थको नसा पिएपछि राजनीति त्यसै फोहोरी त हुने नै भयो । फोहोर भन्नेबित्तिकै गन्ध आउने कुनै वस्तु वा चिज हो । राजनीतिमा गएगुज्रेका नेतालाई हामी कार्यकर्ताले जदौ गर्ने मानसिकताको कारण ‘राजनीति’ फोहोरी बन्न गयो । राजनीति आज व्यापारीकरणको चंगुलमा चाङ बनेर ‘राज’ हुने गरेको छ । उम्मेदवार बन्न सिफारिश गर्दादेखि भलादै यदि जितेका खण्डमा मन्त्रीको आशय व्यक्त गर्दा पार्टीको नेतृत्वलाई आर्थिक पक्षपोषण गरेर मात्र भाग पाइन्छ, नत्र उही सांसद .. । फगत जितको मात्र सांसद ।

राजनीति भनेको अकल्पनीय हुँदोरहेछ ....। कतिलाई अकल्पनीय शिखरमा पु¥याइदियो त कतिलाई कैयौँ गुणा उचाइमा उडिरहेको जहाजबाट हामफाल्ने बनायो । घुमीफिरी रुम्जाटार भनेझैँ राजनीति बाहिरबाट हेर्दा एउटा हुन्छ, भित्रबाट अर्कै तानाबुनाले जेलेको र झेलेको हुँदोरहेछ । जतिबेला पैसाको राजनीति हाबी हुन्छ, तब सबै शक्तिको विलय त्यहाँ हुन्छ । यस्तो बेला राजनीतिज्ञ नामको मान्छे जो-कोही कठपुतली मात्र हुँदोरहेछ । अहिलेको राजनीति गर्नेले मदमातमा नगर्ने हो भने राजनीति नै भएन । सुगन्धले राजनीति भएन, दुर्गन्ध भए नाम, दामसँगै राजनीति भयो । नेपालको जो-कोहीले गर्दै गरेको राजनीति दुर्गन्धमा परिणत नीति भएको छ । राजनेताको उपलब्धि शून्य हुँदैन जनमानसमा तर दुर्गन्धित नेताको राजनीति क्षणभरमा समाप्त हुन्छ ।

राजनीतिमा नीति प्रभाव रहेन आज व्यक्ति प्रभाव रहेको छ, सबै पार्टीमा । असली नेता को छैन तर सबै दलमा एउटै पनि भए हुन्थ्यो भन्नलाई नि ! खडेरी परेको छ नेपालको राजनीतिमा । नखुनी व्यक्ति कुनै दलको पार्टीको नेता कोही बन्न सकेको छ यहाँ ? मेरो प्रश्न यही हो । उत्तर कुन दलको नेतासँग छ म छु भन्न ? यसकारण असली नेता जनताले देख्नै पाएका छैनन् । यो मेरो लेखाइ कुनै पार्टी र नेतामा व्यंग्यात्मक छैन तर यो व्यावहारिक सन्दर्भमा जनताले घामजस्तै छर्लंग देखे र बुझेका छन् । जे होस् वर्तमान राजनीति भनेकै तिलको पहाड नै हो तर पहाड तिल भएको छ ।

नेताको नशा कि राजनीति ?
देशका युवाहरू वास्तविक अर्थमा देश, समाज र सबैखाले विकृत रूपका परिवर्तनका बिज हुन् । समग्र शान्ति र विकासका मूल मेरुदण्ड युवा हुन् । युवा अवस्थाको बेला क्रान्तिकारीको रूपमा अग्रपंक्तिमा जो युवा रहृयो त्यो देशको सबै परिवर्तन भएको विश्व राजनीतिक घटनाक्रमबाट देख्ने गरिएको जगजाहेर हामीमा छ । तर, नेपाली समाजको राजनीति हेर्ने हो भने सबै राजनीतिक दलका नेताको उमेर ८० वर्ष हुँदा नि युवा नै रहिरहन्छ ।

गाला चाउरी परिसकेको र दाँत सबै झरेर पुनरावृत्ति गरेको, कन्सिरीका सबै रौँ सेताम्मे भएको र कसैसँग क्षणभर गरेको सम्वाद छिन् भरमै बिर्सने भइसक्दा पनि हामी तिनै नेतालाई ‘युवा नेता’ भनेर उपाधि दिइरहेका छौँ । हामी हरपल पिछलग्गु नै बनिरहेका छौं । बुढाको चाकडी नगरी युवा अगाडि बढ्न सकिँदैन भन्ने भावना युवामा पनि उकुसमुकुस भएर जमेको छ । आज सबै दलका नेताहरू ६० वर्षमुनिका विरलै छन् । युवा अवस्थामा बोलेका ती भाषणहरूका कारण आज पनि ती ८० पार गरेका बुढाहरूको राजनीतिक पार्टीमा वर्चस्व कायमै रहेको छ ।

कुन उमेर समूहकालाई युवा भन्ने ? कि राजनीतिमा राजनीति गर्नेको उमेर सधैं युवा नै भइरहन्छ ? कि युवाहरू आफ्नै युवा अवस्थाको पहिचान गर्न असमर्थ भएका हौँ ? यावत् प्रश्न छन् । राजनीतिक दलको नेतृत्वले कहिले सोच्ने ? राजनीतिमा लागेको व्यक्ति र मृगले आफूभित्रको कस्तुरी खोजी गरी भौँतारी रहेजस्तो खोजीमा भौँतारिरहेका नेतासँग के छ ? पद पाउन्जेलसम्म र बाँचुञ्जेलसम्म पदकै लागि भौँतारिरहने भए किन युवालाई किन राजनीति गर्न र संगठन गर्न देश दौडाहमा पठाइन्छ ? फगत आफ्नो पद र कुर्सीका लागि ।

आज देशका युवा पनि मृगको कस्तुरीको खोजी गर्दै गर्दा अन्यौलमै परिरहेका छन् । न दौराको फेर समात्न छोडेर अगाडि बढ्न सक्ने खुवी देखाउन सक्छन् न त आपसी सहमति कायम गर्न र नेतृत्व लिन सक्छन् । यही चंगुलभित्र रुमल्लिरहेका युवाहरू कहिले हामी सक्षम छौं अब भनेर एक ठाउँमा आउने दिन हुने हो, त्यो भएका दिन देश एक कदम मथि उठ्नेछ ।

युवा उमेरको वर्गीकरण मात्र राजनीतिले गरेको छ । युवा हरेक परिवर्तनका कारक हुन् । युवाको देनमा जबसम्म देशको सामाजिक तथा आर्थिक विकासको बहसको विषय बन्न सक्दैन तबसम्म देशको आर्थिक उन्नतिको कल्पना गर्न सकिन्न । तर विडम्बना यसरी सन्सार परिवर्तन गर्ने युवा शक्तिलाई देशमै सञ्चालित गर्न नसकेर विदेश पलायन भएका ९० लाख युवा खाडी र युरोपेली मुलुकमा पसिनासँग जीवन साट्न बाध्य भइरहेका छन् । आज युवाहरू विदेशी धर्तीमा पसिना बगाइरहँदा उनीहरूबाट प्राप्त हुने रेमिट्यान्सले देशको अर्थतन्त्र जेन तेन धानिएको छ । त्यही परदेशी मिहिनेतको पसिनाबाट यहाँका राजनीतिक दलका नेताले भ्रष्टाचार गर्न पाएका छन् । अनि विदेशमा पसिना बगाउने यहाँकाले भ्रष्टाचार गर्दा कसको मन पोल्दैन । खाडीलगायत अन्य देशहरूमा अहोरात्र खटिएर रेमिट्यान्स भित्र्याउने युवाको समस्या कसले बुझ्ने ? त्यहाँ कुन हालत छ.... ।

राजनीतिज्ञहरूको सामाजिक मान र प्रतिष्ठा दलकै नेताका कारण घट्दै गइरहेको छ । यसको प्रमुख कारण युवा वर्गले राजनीतिमा अवसर नपाउनु नै हो । अवसर दिनुपर्दछ भन्दैमा कुनै क्षमता नभएका र अनिच्छा भएकालाई कोच्याएर पार्टीको जिम्मेवादी दिनु भनेको केही नभएर गरिखा भनेर दिएसहर नै हो । तर त्यस्ता व्यक्तिबाट पार्टीले उपलब्धि आश राख्नु बालुवामा पानी हालेसरह नै हुनेछ । पार्टीमा त्याग, तपस्या भएका युवा भन्नेहरू पनि स्वार्थ र ‘बा’ भन्नेका अगाडि नतमस्तक भएपछि केको ‘राज’ के को ‘नीति’ सबै ‘बा’ नीति, अनि हराउँछ राजनीति । हाम्रो हालको परिवेशमा राजनीतिमा प्रेम कहाँ छ ? स्वच्छ र प्रतिस्पर्धा कहाँ भयो ? राजनीतिमा सेवा कहाँ रहृयो ? भ्रष्टाचारको रंग नमिसिएको कुन पार्टी र कुन दलको नेता राजनीतिमा देख्न बाँकी छ अब ?

पार्टीमा त्याग, तपस्या भएका युवा भन्नेहरू पनि स्वार्थ र ‘बा’ भन्नेका अगाडि नतमस्तक भएपछि केको ‘राज’ के को ‘नीति’ सबै ‘बा’ नीति, अनि हराउँछ राजनीति । हाम्रो हालको परिवेशमा राजनीतिमा प्रेम कहाँ छ ? स्वच्छ र प्रतिस्पर्धा कहाँ भयो ? राजनीतिमा सेवा कहाँ रहृयो ?

माथि भने झै सबै नीतिमा उत्तम ‘राजनीति’ हो तर राजनीति नेताको स्वार्थानुकूल हुँदा ‘लाजनीति’ हुनगएको छ । राजनीतिमा हुनु नपर्ने हो परिवारवाद, नातावाद, कृपावाद र भ्रष्टाचार तर त्यही नहुँदा कसैको हुँदै-हुँदैन राजनीति । राजनीतिमा यही नातावाद र भाउजूवादको अशिर्वादले मूल जरा गाडेको सबै पार्टीमा । यदि दलको नेतृत्व गर्ने जो ‘बा’ र हजुरबा हुनुहुन्छ उहाँहरूले दत्तचित्त लगाएर पार्टी संरक्षण कर्ता बनेर हस्तान्तरण गर्नुभयो भनेमात्र देशको विकास र समृद्धि गर्न सम्भव छ । असम्भव पनि छ नेतृत्वमा बाँचुञ्जेली ‘म’ नै हुनुपर्दछ भन्ने भयो भने... ।

साच्चिकै देश विकास गर्ने हो र देशप्रति अलिकति पनि माया छ भने अब उमेर पुगेका सबै दलका नेतृत्वगणहरूले शिक्षित युवा वर्गलाई राजनीतिमा अगाडि ल्याउनुर्दछ । तब नेपालको समृद्धि हुन्छ र सबल नेपाल सक्षम नेपाली बन्दछन् । आशा गरौं बुढा नेताले बिगारेको देश अब युवा पुस्ताका नेताले सपार्ने छन् । जनताको इच्छा र आकांक्षा नबुझेको व्यक्ति नेता हुँ भन्न सुहाउँदैन । कुनै दर्शक दीर्घामा बोलेर नेता हुँदैमा जनताको नेता बन्न सकिँदैन । सबै जनताको मनमनमा बस्न सक्नु पर्दछ । जो उदाहरण टेलिभिजन कार्यक्रम प्रस्तुत गर्दा उनै रवि लामिछाने जनताको मस्तिकमा थिए आज उनै रवि गृहमन्त्री बन्दा जनताबाट आलोचित पात्र बनेका छन् । कारण उनी आफैं हो । अब दोष कसलाई दिने ...? koiralagee@gmail.com

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?