भूकम्प आउने हल्लाले स्थानीय रातभर जाग्राम, हल्ला फैलाउनेलाई कारबाही गर्न पूर्व मुख्यमन्त्रीको आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

बाजुरा । भूकम्प आउने हल्ला चलेपछि जुम्ला, मुगु र बाजुराका बासिन्दा रातभर घर बाहिर बसेका छन् । हुम्लाका एक धामीले भूकम्प आउने हल्ला फैलाएपछि त्रसित भएका स्थानीयहरू कठ्यांग्रिदो चिसोमा रातभर खेतबारी तथा सडकमै बस्न बाध्य भएका हुन् ।

भूकम्प आउँदैछ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा हुम्ला, मुगु र बाजुराका मानिसहरू आगो बालेर घरबाहिर बसेका तस्विर सामाजिक सञ्जालमा समेत छ्याप्छ्याप्ती भएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्पबारेको जिज्ञासासहित रातभर फोन आएको बताउनुभयो। ‘रातभर फोनले हैरान पार्यो। मानिसहरूलाई दुःख दिनेको खोजी गरी कारबाही गर्नेछौँ’, उहाँले भन्नुभयो ।

पछिल्लो समय कर्णाली र सुदूरपश्चिका जिल्लामा लगातार भूकम्पले धक्का दिइरहेको छ ।

यसैबीच, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले भूकम्पको हल्ला फैलाउनेलाई कानुनी कारबाहीमा ल्याउन स्थानीय प्रशासनसमक्ष माग गर्नुभएको छ ।

कांग्रेस नेता समेत रहनुभएका पूर्व मुख्यमन्त्री शाहीले नागरिकहरूमा त्रास बढेको भन्दै यस्ता भ्रमात्मक हल्लाको पछि नलाग्न समेत आग्रह गर्नुभएको छ । शाहीको गृह जिल्ला पनि हुम्ला हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?