काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरका मेयर बालेन साहबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर बालेनले प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।
भेटमा उहाँहरूबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो समय बालेनले डोजर आतंकले उपत्यकावासीहरू आन्दोलनमा उत्रिएका छन् ।
निजी सम्पत्तिमा महानगरले क्षति पुर्याएकोमा आन्दोलनसमेत भएको छ।
साहले महानगरका कामकारबाहीमा संघ सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहनुभएको छ । साहले सुकुम्बासी बस्ती हटाउन संघ सरकारको सहयोगसमेत माग गर्दै गृह मन्त्रालयमा केही समयअघि पत्रसमेत पठाउनुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका