काठमाडौं । प्रहरीले चलाएको गोली लागेर उडिसाका स्वास्थ्यमन्त्री नव किशोर दासको मृत्यु भएको छ ।
आइतबार दिउँसो उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा प्रहरी सहायक निरीक्षक गोपाल दासले उहाँमाथि दुई राउण्डा गोली प्रहार गरेका थिए ।
छातीमा गोली लागेका उहाँको उपचारका क्रममा भुवनेश्वर अस्पतालमा मृत्यु भएको हो । उडिसाका मुख्यमन्त्री नवीन पटनायकले स्वास्थ्यमन्त्रीको मृत्युप्रति दुःख व्यक्त गर्दै घटनाबारे थप अनुसन्धान गर्न अपराध शाखालाई निर्देशन दिनुभएको छ ।
मन्त्रीमाथि गोली चलाउने प्रहरीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको मुख्यमन्त्री पठनायकले बताउनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको