अमेरिकी डलर स्थीर, आज कुन मुद्रा कतिमा हुँदै छ खदिबिक्री ?

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर स्थीर रहेको छ । यसको खरिददर १३० रुपैयाँ १४ पैसा र बिक्रीदर १३० रुपैयाँ ७४ पैसा तोकिएको छ ।

यस्तै, सोमबार युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीमा १४२ रुपैयाँ १० पैसा तोकिएको छ ।

यसअघि आइतबार यसको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीमा १४२ रुपैयाँ ३६ पैसा तोकिएको थियो । अष्ट्रेलियन डलर को खरिदमूल्य ९२ रुपैयाँ ४५ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ८८ पैसामा कारोबार भैरहेको छ ।

अघिल्लोदिन यसको खरिदमूल्य ९२ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य ९२ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो । त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६९ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५८ पैसा र बिक्रीमा १० रुपैयाँ ६३ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६२ पैसा र बिक्रीमा १६ रुपैयाँ ७० पैसा, कुवेती दिनार एकको खरिददर ४२६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३६ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३४६ रुपैयाँ ७८ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?