-नृपेन्द्र बहादुर मल्ल
मुगु । १५ गते रातभरी कर्णालीबासीहरु माईनस तापक्रमको प्रवाह नगरी घरवाहिर ननिदाई बसेका छन ।
राती १ बजे तिर अकस्मात कसैले २ बजे देखि ५ बजे भित्र कर्णालीको कुनै पनि जिल्ला केन्द्र विन्दु बनाई ठुलो झडकाको भुकम्प आउदै छ भन्ने हल्ला चलाएपछि कर्णालीका गाँउगाँउ र बजारका बासिन्दाहरु रातभरी नसुती घरबाहिर खुल्ला चौर र ठाँउमा बसेका हुन् ।
राती २ बजे जिल्ला प्रहरी कार्यालयमा बुझदा भुकम्प आउने बारे आधिकारिक रुपमा कुनै निकायबाट जानकारी नआएको बताइए पनि स्थानियहरुले पत्यार नमानी घर बाहिरै बसेका थिए ।
मुगु जिल्ला सदरमुकाम गमगढीका बजारका स्थानियहरु महाकाली माध्यामिक विद्यालयको चौर, डिभिजन वन कार्यालयको चौर र रोड रोडको छेउमा आगो बालेर रात कटाएका थिए भने आसपासका गाँउहरुका स्थानिय पनि गरा खेतहरुमा रातभरी आगो बालेर बसेको श्रीनगर गाँउका स्थानिय मोहनकुमार मल्लले जानकारी दिनुभयो ।
मुगु जिल्लामा रहेका चार स्थानियतह छायाँनाथ रारा नगरपालिका, खत्याड गाँउपालिका, सोरु गाँउपालिका र मुगुमकार्मारोङ्ग गाँउपालिकाका बस्ति बस्तिमा स्थानियहरु घरबाहिर रातभरी बसेका थिए । सोरु गाँउपालिकाका स्थानिय गंगाराज शाहीले भुकम्प आउने आउने हल्लाका डरले पालिका केन्द्र सोरुकोटमा मानिसहरु घर बाहिर निस्केर रातभरी बसेको बताउनु भयो ।
उता छिमेकी जिल्ला जुम्ला, कालिकोट, हुम्ला र बाजुरामा पनि यस्तै हल्लाले रातभरी स्थानियहरु ननिदाई घर बाहिर बसेको सामाजिक संजालमा छयाप छयाप्ती पोष्ट भएको देखिन्छ ।
नेपाल रेडक्रस सोसाईटी मुगु शाखाका मन्त्री रत्नसिंग मल्ल राती निद विउझिँदा सामाजिक संजालभरी भुकम्प आउने, घरबाहिर बसेको जस्ता खबर पोष्टहरु भाईरल भैरहेको देखे पछि आखिर सत्य तथ्य के हो भनेर घर बाहिर निस्कदा महाकाली विद्यालयको चौरमा मानिसहरु जम्मा भएको देखेको र अफवाहा हल्ला हो भन्दा स्वर्ग र गर्भको कुरा भर हुदैन भनी मानिसहरुले भनेको फोनबाट बताउनु भयो ।
युवा नेता महेन्द्र विक्रम मल्ल आफनो फेसवुक पेजमा लेख्नुहुन्छ कुनचाहि जड्या फटाहाले मुगु हुम्लालगायतका जिल्लाहरुमा भुकम्प आउदैछ भनी सर्वसाधारण जनतालाई आतंकित गर्दै यो माघको चिसो र भर्खर हिजो अस्ति परेको हिउसंगै रातभरी खुल्ला आकासमा बस्न बाध्य बनाउने महामुर्खको तत्काल खोजी गरि कारवाहि होस ।
यहि १० गते दिउसो २ः४३ बजे बाजुराको विछयामा केन्द्र विन्दु भएर गएको ५.९ म्याग्नेच्युटको भुकम्पको झडकाले तर्सित कर्णालीबासी पुनः भुकम्प आउने हल्ला चलेपछि आईपो हाल्छ की भनेर सुरक्षित रहन रातभर घरबाहिर बसेका थिए ।
भुकम्प आउने अफवाहा हल्ला कस्ले, कहाँबाट के स्वार्थका लागी फैलायो त्यसको अनुशन्धान भैरहेको र पत्ता लागे नेपालको कानुन बमोजिम कारवाहि हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका