संकाले सिमा नाघेपछि घटेको त्यो दर्दनाक घटना

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 3 mins

बाँके । भनिने गरिएको छ संकाले लंका जलाउछ यस्तै घटना बाँकेको कोहलपुरमा घटेको छ । संकाको पनि सीमा हुन्छ तर जब त्यसले सीमापार गर्दछ, तव दुर्घटना निश्चित छ । यस्तै घटनाको सिकार बनेका छन २ वर्षिय एक बालक । बाँके कोहलपुरका एक युवाले आफ्नै नाबालक छोराको पेट्रोल छर्केर आगो लगायर हत्या गरेका छन भने श्रीमतीलाई गम्भिर घाइते बनाएका छन ।

कोहलपुर नगरपालिका-२ शक्तिनगर सुकुम्वासी वस्तीमा बसोवास गर्ने ३० वर्षिय भानुभक्त विकले आफ्नै श्रीमति २२ वर्षिय गंगा विक र २ वर्षिया बालक प्रिन्स विकलाई आइतवार बेलुकी पट्रोल छर्केर आगो लगाइदिएका थिए । स्थानियवासी र प्रहरीले उद्धार गरी उनिहरुलाई कोहलपुर मेडिकल कलेज लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि आमा छोरा दुवै जनालाई भेरी अञ्चल अस्पताल लगिएको र उपचारको क्रममा सोमवार विहान ६ बजेर ३० मिनेटमा २ वर्षिय बालक प्रिन्सको मृत्यु भएको कोहलपुर नगरपालिका-२ का वडाध्यक्ष हरि कठायतले हिमालय टाईम्सलाई बताउनु भयो । उहाँकाअनुसार घटनाको दिन विहानै देखि श्रीमान श्रीमतीविच विवाद भैरहेको थियो ।

श्रीमतिलाई सधै संकाको नजरमा हेरिरहेका भानुभक्तले कि त छैनस कि म छैन भन्दै घर बाट निस्किएका थिए । बेलुका मदिरा पिएर आएका उनले श्रीमतिलाई गालीगलौज र कुटपिट गर्दे बोत्तलमा ल्याएको पेट्रोल छोराको अनुहार तथा श्रीमतीको शरिरमा छर्किएका थिए । लगत्तै सलाई कोरेर दुवै जनालाई आगो लगाएपछि भानुभक्त घरबाट भागेका थिए ।

फरार रहेका भानुभक्तलाई आइतवार राति २ बजेतिर पक्राउ गरिएको प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । उहाँकाअनुसार घटना घटायर जंगलतिर फरार भएका उनि राति नै भारतको दिल्ली जाने योजनासहित सीमापार हुँदै गर्दा पक्राउ गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?