राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ ।

मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको थियो । मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?