शहीद दिवसमा मानव सेवा आश्रममा खाना खुवाइयो

Read Time = 2 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । । नेपाली कांग्रेस बाँकेले शहीद दिवसको अवसरमा मानव सेवा आश्रममा सहयोगलाई सहयोग गरेको छ । सामाजिक र सिर्जनात्मक कार्यमा पनि आफूलाई समर्पित गर्दै आएको कांग्रेस बाँकेले राष्ट्रिय सहिद दिवसको अवसरमा वीर शहिदहरुको सम्झना गर्दै नेपालगञ्ज–१० आदर्शनगरस्थित मानव सेवा आश्रममा खाना खुवाएको छ ।

मानव सेवा आश्रममा आश्रय लिइरहेका ३६ जनालाई विहानको खाना खुवाइएको हो । त्यस अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले मानव सेवालाई केन्द्रविन्दुमा राखेर कांग्रेस बाँकेले सेवाभावका साथ गरेको पून्य काम प्रशंसनीय भएको बताउनुभयो । उहाँले आश्रममा रहेका व्यक्तिहरुका लागि आफूले संचालन गरेको आयुर्वेदिक अस्पतालमा मासिकरुपमा निःशुल्क उपचारसंगै औषधिको व्यवस्था मिलाउने उद्घोष समेत गर्नुभयो ।

जिल्ला सभापति नारायणप्रसाद गौडेलले मानव सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेर सहिद दिवसको सन्दर्भ पारी बेसहारा नागरिकलाई एक छाक भएपनि खाना खुवाउने कार्य गरिएको बताउनुभयो । उहाँले बेसहारा नागरिकलाई खाना खुवाउन पाउँदा सन्तोष मिलेको बताउनुभयो ।

उहाँले यो पटक कांग्रेस बाँकेले फरक ढंगबाट सहिद दिवस मनाएको बताउँदै सबै क्षेत्रीय कमिटीहरुलाई पनि सामाजिक र सिर्जनात्मक कार्यक्रम गर्न निर्देशन दिइएको बताउनुभयो । मानव सेवा आश्रमका बाँके जिल्ला संयोजक उर्विन सापकोटाले खाना खुवाउने कार्यक्रम आयोजना गरेकोमा नेपाली कांग्रेस बाँकेलाई धन्यवाद दिनुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?