बैतडीको पुर्चाैडी नगरपालिकद्वारा शहीद परिवारलाई नगदसहित सम्मान

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीको पुर्चाैडी नगरपालिकाले शहीद परिवारलाई निर्वाह भत्ता उपलब्ध गराएको छ । शहीद दिवसको अवसरमा सोमाबर एक कार्यक्रमकाबीच पुर्चाैडी नगरपालिकाका ३१ परिवारका सदस्यहरुलाई निर्वाह भत्ता उपलब्ध गराएको हो ।

नगरपालिका भरीका प्रमाणीकरण सूचीमा रहेका शहीद परिवारलाई सम्मान स्वरुप वार्षिक एकमुष्ट २५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराएको नगर प्रमुख दिपक बहादुर बमले जानकारी दिनुभयो ।

नगरपालिका भरीका बिभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका ३१ जना शहीदको परिवारका सदस्यलाई २५ हजारका दरले निर्वाह भत्ता उपलब्ध गराएको उनले बताउनुभयो । यसैगरी जनयुद्धका क्रममा घाइते भएकाहरुलाई बिमाको व्यवस्था गरी निशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको समेत उहाँले बताउनुभयो ।

नगरपालिकाले जनआन्दोलनका क्रममा शहीद भएका ब्याक्तीका परिवारलाई सम्मान तथा आर्थिक सहयोग वितरण गर्ने भएको छ । जनआन्दोलनका क्रममा ज्यान गुमाएका ३१ परिवारलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?