काठमाडौं । काठमाडौंको सीतापाइलामा बस र टाटा सुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ ।
बसमा सवार रसुवाको गोसाइँकुण्ड घर भइ हाल काठमाडौंको पुतलीसडक बस्ने ५२ वर्षीया यायल्म घलेको दुर्घटनामा मृत्यु भएको प्रहरीको भनाइ छ ।
कलंकीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा २ ख ८३६८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना १ ज २४२१ नं को टाटा सुमो एक आपसमा ठोकिँदा बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।
यसपछि सख्त घाइते भएकी घलेको उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
टाटा सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको