सर्लाही कांग्रेस क्षेत्र नं १ ले शहीद दिवस मनायो

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । नेपाली कांग्रेस क्षेत्र नं. १ को क्षेत्रीय कार्य समितिले आज सर्लाहीको चन्द्रनगरमा शहीद दिवस मनाएको छ ।

क्षेत्रीय कार्य समितिका सभापति हरिबहादुर लुंगेलीको अध्यक्षता तथा पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायको प्रमुख आतिथ्यतामा चन्द्रनगर गाउँपालिकाको सभाहल नाढीतालमा शहीद दिवस मनाइएको हो ।

कार्यक्रममा संविधान सभाका सदस्य रामचन्द्र चौधरी, पूर्व पार्टी जिल्ला सभापति सत्यदेवसिंह दनुवार, प्रदेशसभा सदस्य कौशलकिशोर राय, नेताहरु इन्द्र योन्जन, प्रमोद बराल, दिनेश मिश्र, दीपक अधिकारी, सोनेलाल साह, सुरेन्द्र न्यौपाने, युवराज देवकोटा, नवराज अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

सहभागीहरुले नेपालका चार वीर शहीदको तस्बिरमा माल्र्यापण गर्दै वक्ताहरुबाट विभिन्न कालखण्डमा जीवनको आहुती दिने शहीदहरुको योगदानबारे चर्चा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?