राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

रासस
Read Time = 1 min

काठमाडाै‌ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति कार्यालयस्थित शीतल निवासमा आज आयोजित एक समारोहमा महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले प्रतिवेदन पेस गर्नुभयो । नेपालको संविधानअनुसार महान्यायाधिवक्ताले प्रत्येक वर्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिवेदनमा महान्यायाधिवक्ता कार्यालयले वर्षभरिमा गरेका संवैधानिक एवं कानुनी विषयमा दिएको राय सल्लाहको विवरण, सरकारवादी भइचलेका मुद्दासम्बन्धी विवरण, सरकार वादी वा प्रतिवादी भई दायर भएका मुद्दाको विवरण समावेश गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?