आइलिगमा अञ्जनको टोली पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले भारतको आइलिगमा डेब्यु गरेको खेलमा उहाँको टोली मुम्बई केन्क्रे फुटबल क्लबले हार बेहोरेको छ । इएमएस कर्पोरेसन रंगशालामा गोकुलम केरालाले केन्क्रेलाई एक-शून्यले हराएको हो ।

खेलको २१औँ मिनेटमा साबिक विजेता केरालाका लागि सर्जियो मेन्डीगुत्सियाले निर्णायक गोल गर्नुभएको थियो । उहाँले विकासको राइट विंगबाट आएको क्रसमा हेडरमार्फत् गोल गर्नुभएको थियो ।

अञ्जनले केन्क्रेका लागि सुरुवाती रोजाइमा खेल्दै डेब्यु गर्नुभयो । ६०औँ मिनेटमा पापुइआको चिपमा अञ्जनको डाइभिङ हेडरले पोस्टको दिशा लिन सकेको थिएन ।

केन्क्रे यस हारसँगै लिगको रेलिगेसन क्षेत्रमा कायम रहेको छ । १२ टोली सहभागी लिगमा केन्क्रे १४ खेलमा १३ अंकसाथ ११औँ स्थानमा छ । पुछारको सुदेभा दिल्लीको ११ खेलमा दुई तथा दशौँ स्थानको नेरोका एफसीले १४ अंक जोडेको छ ।

अञ्जनको टोलीले अब अर्को खेलमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको सामना गर्नेछ । खेल बुधबार साँझ ७ बजे हुनेछ । किरणको टोली राउण्डग्लास पञ्जाब फुटबल क्लब १३ खेलमा २९ अंकका साथ शीर्षस्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?