स्टेभेन स्मिथलाई चौथो पटक अलन बोर्डर मेडल

Read Time = 1 min

मेलर्बन । अष्ट्रेलियन ब्याट्सम्यान स्टेभेन स्मिथले सन् २०२३ को अलन बोर्डर मेडल प्राप्त गर्नुभएको छ । स्मिथले चौथो पटक अलन बोर्डर मेडल प्राप्त गरेको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।

उहाँले यसअघि २०१५, २०१८ र २०२१ मा सो मेडल प्राप्त गर्नुभएको थियो । चार पटक अलन बोर्डर मेडल जित्ने उहाँ तेस्रो अष्ट्रेलियन क्रिकेटर हुनुहुन्छ । यसअघि रिक्की पोन्टिङ र माइकल क्लार्कले मात्र चार पटक अलन बोर्डर मेडल पाउनुभएको थियो । स्मिथले मतका आधारमा ट्राभिस हेड र डेविड वार्नरलाई पछि पार्दै सो मेडल जित्न सफल हुनुभएको हो ।

स्मिथले सन् २०२२ मा टेस्ट अन्तर्गत ८६३ रन बनाउनु भएको थियो । उहाँले तीन वटा शतक समेत हिर्काउनुभयो । ३३ वर्षीय स्मिथले ११ एकदिवसीय खेलमा खेलमा ५३९ रन बनाउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?