काठमाडौं । डा.सदानन्द कँडेलद्वारा लिखित नियात्राकृति ‘मृतसागरमा तैरिँदा’ सार्वजनिक गरिएको छ । नेपाल स्रष्टा समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नियात्राकार घनश्याम राजकर्णिकारलगायत स्रष्टाले कृति सार्वजनिक गर्नुभएको हो । राजकर्णिकारले डा.कडेलको यस कृतिमा समावेश नियात्राले पाठकलाई सँगसँगै हिँडाउने जिकिर गर्नुभयो ।
यस्तै, पुस्तकमाथि पाठकीय मन्तव्य राख्दै नियात्राकार जय छाङछाले नियात्राले इतिहास लेख्ने काम गर्ने उल्लेख गर्दै कडेलका नियात्राहरू रोचक र जानकारीमूलक रहेको सुनाउनुभयो । त्यस्तै, अर्का नियात्राकार प्रतीक ढकालले अक्षर लेख्नेहरू सधैं बाँच्ने चर्चा गर्दै कृति रुचिकर रहेको बताउनुभयो ।
कार्यक्रममा नियात्राकार डा.कँडेल, पवन आलोक, श्रीओम श्रेष्ठ ‘रोदन’, शंकर भारतीलगायत व्यक्तिले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच