निर्यात बढाउँदै जगदम्बा स्टिल

Read Time = 2 mins

काठमाडौं । नेपालकै पहिलो अटोमेटेड स्टिल म्यानुफ्याक्चरिङ कम्पनी जगदम्बा स्टिल्सले जगदम्बा सुपरसाइन र ग्याल्भा प्लस (प्रिमियम आल्मुनियम-जिंक कलर कोटेड र प्लेन शिट्स तथा कोइल्स) निर्यातलाई निरन्तरता दिने भएको छ ।

कम्पनीले आफ्ना उच्च गुणस्तरीय उत्पादन तथा सेवाप्रति उपभोक्ताको विश्वासका लागि धन्यवादसमेत दिएको छ । कम्पनीका अनुसार जगदम्बा सुपरसाइन र जगदम्बा ग्याल्भा प्लस प्रिमियम आल्मुनियम-जिंक कलर कोटेड र प्लेन शिट्स तथा कोइल्स, जसलाई ग्याल्भालुम पनि भनिन्छ । जसमा उत्पादनको टिकाउपन र आयु बढाउने कार्यमा सघाउन ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र बेस मेटलमाथि १.५ प्रतिशत सिलिकन प्रयोग गरिएको हुन्छ ।

स्टिल उत्पादनको निर्माणमा रिइन्फोर्समेन्ट टिएमटी रिबारदेखि स्ट्रक्चरल तथा वायर प्रोडक्ट्ससम्मका रेन्जमा दुई दशकभन्दा लामो समयको सफलतापछि जगदम्बाले नेपाल विकासको साझेदारको भूमिका खेल्दै आएको छ । कम्पनीका उत्पादन नेपाल गुणस्तर तथा नाप तौल विभागद्वारा एनएसः१९१, आइएसओ ९००१ः२०१५ र आइएसओ १४००१ः२०१५ बाट उत्पादनहरू प्रमाणित छन् । जगदम्बा स्टिल्सले जगदम्बा सुपरसाइन र ग्याल्भा प्लस रोमानिया, युएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात गर्दै आएको छ भने साउथ इस्ट एसिया, मिडल इस्टर्न कन्ट्रिज र साउथ अफ्रिकामा तेस्रो देशीय निर्यातको पनि तयारीमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?