थुनुवा फरार प्रकरण : तीनजना प्रहरी निलम्बित

हिमालय टाइम्स
Read Time = 2 mins

जनकपुरधाम। धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोरेर ६ बन्दी भागेपछि तीन प्रहरी निलम्बित भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित तीनजना प्रहरी निलम्बन गरेको छ ।

हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर रहे पनि घटनामा प्रहरीको लापरबाही देखिएको बताइएको छ । घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् । यस्तै पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एकजना पुनः पक्राउ परेका छन् ।

जिल्ला प्रहारी कार्यालय धनुषाका अनुसार महतोलाई धनुषाको मिथिला नगरपालिका-८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य पाँच जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?