जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको गान र लोगो बनाउँदै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको गान र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णय अनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गान र लोगो बनाउनका लागि एक महिने सार्वजनिक सूचना जारी गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो । दरखास्त दिनको लागि सूचना जारी गरिएको छ ।

खुला प्रतिष्पर्धात्मक विधिबाट पालिका गान र लोगो निर्माण गर्नका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न शर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको अध्यक्ष चौलागाईको भनाइ छ । पालिका गान र लोगोका लागि विभिन्न ११ वटा शर्त राखिएको छ । छनौट भएका लोगो मध्ये उत्कृष्ट र पालिका गानका लागि पनि संकलन गरिएका रचनाबाट उत्कृष्ट छानेर छनौट गरिने छ ।

डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृत समेत गरिने तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताउनुभयो । लोगो र पालिका गान मौलिक हुनु पर्ने छ । गान र लोगो स्विकृति सम्बन्धि सम्पूर्ण अधिकार कार्यपालिकामा रहने तातोपानी गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?