यस्तो छ आजकाे विदेशी मुद्राको विनिमय दर

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ ।

मंगलबार अमेरिकी डलरको भाउमा सामान्य परिवर्तन आएको छ । अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ १० पैसा र बिक्रीदर १३० रूपैयाँ ७० पैसामा कारोबार भइरहेको छ । अघिल्लो दिन यसको खरिददर १३० रूपैयाँ १४ पैसा र बिक्रीदर १३० रूपैयाँ ७४ पैसामा कारोबार भएको थियो ।

आज युरोपियन युरोको मूल्य ४९ पैसाले बढेको छ । आज युरो एकको खरिदमा १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसा कायम गरिएको छ । अघिल्लो दिन यसको खरिदमा १४१ रूपैयाँ ४५ पैसा र बिक्रीमा १४२ रूपैयाँ १० पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रूपैयाँ २५ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रूपैयाँ २९ पैसा र बिक्रीमा ९२ रूपैयाँ ७२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने  ९ पैसाले घटेर यसको खरिददर ९७ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रूपैयाँ १३ पैसामा पाइन्छ ।

कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६८ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३४ रूपैयाँ ८२ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३५ रूपैयाँ ५८ पैसामा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ३० रूपैयाँ ८० पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ २४ पैसा र बिक्रीमा ४२८ रूपैयाँ २० पैसा पाइन्छ । त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४५ रूपैयाँ ८ पैसा र बिक्रीदर ३४६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?