बैतडी । बैतडीमा लागुऔषध चरेशसहित थप एक जना पक्राउ परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका १ हटैराज गुर्केलीका २५ बर्षीय दीपक चन्द लागुऔषध चरेशसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताउनुभयो ।
उनले सञ्चालन गर्दै आएको पसल र घरमा खोजतास गर्दा १ सय ९९ ग्राम चरेशसहित सोमबार पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बैतडीले लागुऔषध नियन्त्रणका लागि सक्रियता बढाएको छ । तीन दिनको अवधीमा तीन जना लागुऔषध चरेशहित पक्राउ परेका छन् । यसअघि दशरथचन्द नगरपालिका-८ त्रिपुराबाट २८० ग्राम चरेशसहित ५० बर्षिय नारायण सिह थापालाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
आइतबार पनि जिल्लाको दोगाडाकेदार गाउँपालिका-७ का वीर सिह कार्कीलाई सय ग्राम चरेशसहित पक्राउ परेका थिए । उनलाई सोमबार जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता खत्रीले जानकारी दिनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको