हिउँदे वर्षा नहुँदा किसान चिन्तित

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । माघ मध्य हुदा संम यसपालि पानी नै नपरि हिउँद सकिन लागेपछि किसान चिन्तित भएका छन । हिउँदे वर्षा नहुँदा खेतबारीका बालीबिरुवा क्रक्रदै गएको हेरेर चित्त बुझाउनुपरेको किसानको बाध्यता छ । यसपालि पानी नपरि हिउँद बित्यो, आउने दिन खुसीका हुने छैनन् ।’ हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कंन नसकेको र अब चाँडै पानीका मुहान सुक्दै जाने पाका उमेरमा किसानहरु बताउछन ।

हिउँदे वर्षा जमिन भिजाउने मात्र नभइ बालीनालीका लागि अत्यन्त पोषिलो हुने यहाँका पाका किसान बताउँछन् । भर्खरै हुर्कँदै गरेका मकै , लहर खेसरि, मुसुरो, तरकारी, उखु, अन्नबालीमा गहुँ र आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने किसानको अनुभव छ । यसपालि वर्षा नै नभइ हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने चिन्ता बढेको छ ।

हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोत इनार, चापाकल कुवा पनि गर्मी चढेसँगै चाँडै सुक्ने गरेका छन् । यसपालि हिउँदमा पानी नपरि माघ दोस्रो हप्ता सकिदा समेत पानी पर्न सकेको छैन । फलफूल खेती आँप, लिची, र रुख कटहरसहितका फल सघन हुने क्षेत्रका किसानले लगाएका फलफूल समेत हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको प्रकोप बढ्ने चिन्तामा किसान छन् ।

हिउँदे वर्षा बालीनालीका लागि माटो भिजाउने मात्र नभइ रोग लाग्न नदिने र बाली हलक्क बढाउने अमृतसरह भएको किसानको अनुभव छ । हिउँदे वर्षा सिँचाइका लागिमात्र होइन, बालीको पोषण र रोग प्रतिरोधका लागि पनि रामवाण हुन्छ हुने किसान बताउछन । हिउँदे वर्षा नहुँदा प्रकृतिकाे सन्तुलन खलबलिन्छ । जताततै यसको असर बढ्नेछ ।

हिउँदे वर्षा नहुँदा किसानले बाली समेत लगाउन सकेका छैनन । तोरि टिपेर मकै लगाउन तयार पारिएको बारि बाजो रहेको छ भने जमिनमा चिस्यानकोे अभावले गर्दा नँया उखु समेत लगाउन गारो भएको छ । आलु, तोरि पाकेको बाली भित्र्याएर तरकारिलगाएत बाली लगाउने समय भए पनि जमिनमा चिस्यान नहुँदा बाली लगाउन गारो भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?