खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ३२ जना पाठेघर खसेका महिलाहरुको निःशुल्क शल्यक्रिया गरिदिने भएको छ । १ माघदेखि ९ माघसम्म नगरको ११ वडामै स्वास्थ्यकर्मी पुगेर महिलाहरुको पाठेघर सम्बन्धी रोगको परीक्षण गर्दा पहिचान भएका पाठेघर खसेका महिलाहरुको निःशुल्क शल्यक्रिया गरिदिने भएको हो ।
नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेका अनुसार पाठेघर खसेका ३२ जना महिलासँग नियमित सम्पर्कमा रहेर १ फागुनमा शल्यक्रिया गर्न बनेपा लगिनेछ । कुन अस्पताल भन्ने खुल्न बाँकी छ । पाठेघर खसेका महिलाहरुको शल्यक्रिया खर्च र उनीहरुको कुरुवाको सबै खर्च नगरपालिकाले ब्यहोर्नेछ ।
नगरपालिकाले नौ दिन घरघरमा पुगेर पाठेघरको परीक्षण तथा उपचार गर्दा २२५ जनाले सेवा लिएका थिए । ति मध्येमा ३२ जनाको पाठेघर खसेकोमा शल्यक्रिया गर्नुपर्ने देखिएको हो ।
तत्कालै १०६ जना महिलाको पाठेघरमा रिङ प्रेसरी राखिएको छ । १०४ जना महिलाको पिआइडी (पाठेघर सम्बन्धी संक्रामक रोगको उपचार)गरिएको छ । आवश्यकता अनुसार औषधि वितरण र परामर्श दिईएको थियो ।
एकादुई लजाउने, धकाउने बाहेक अधिकांशले पाठेघर सम्बन्धी रोगको उपचार तथा सेवा लिएका थिए । पाठेघरमा देखिने रोगलाई कतिपय महिलाहरुको लुकाउने गर्नाले पनि शुन्यमा झार्न नसकिएको स्वास्थ्य संयोजक घिमिरेको भनाई छ । तर, पनि नगरपालिकाको प्रयास भने निरन्तर जारी रहेको उहाँको भनाई छ ।
आठ वडाका महिलामा पाठेघर खस्ने समस्या
नगरपालिकामा जम्मा ११ वडा छन् । बाहुनीडाँडा, बडहरे, मंगलटार बाहेक अन्य वडाका महिलाको पाठेघर खसेको पाईएको छ । डिकुवामा २ जना, च्यास्मिटारमा ५ जना, दुर्छिममा ९ जना, महादेवस्थानमा ५ जना, धितुङमा २ जना, सल्लेमा २ जना, अर्खौलेमा ४ जना र राजापानीमा ३ जना गरी ३२ जना महिलाको पाठेघर खसेको पाईएको नगरपालिकासँग तथ्याङक छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको