धादिङ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी नीलकण्ठ माध्यमिक विद्यालयले जितेको छ। तीनअघि सुरुभएको नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी निलकण्ठले माबिले जितेको हो ।
सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नीलकण्ठ माविले राष्ट्रपति रनिङ शिल्ड हात पारेको श्रोत व्यक्ति मेघनाथ कोईरालाले जानकारी दिनुभयो।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ स्वर्ण सहित नीलकण्ठ माविले उपाधि जितेको हो। शुक्रबारबाट सुरुभएको यस प्रतियोगितामा ७ स्वर्ण सहित बालमन्दिर दोस्रो, ५ स्वर्ण सहित चन्डेश्वरी मावि तेस्रो र ५ स्वर्ण सहित एड्भान्स एकेडेमीले चौथो हुन सफल भएको छ ।
स्वर्ण पदक बराबर भएपछि अन्य मापदण्डका आधारमा चण्डेश्वरी मावि तेस्रो भएको हो । २८ सरकारी र ५ निजी गरी ३३ माध्यामिक विद्यालय रहेको यस नगरपालिकाका २१ वटा माविहरुले भाग लिएका थिए । प्रतियोगिताका विजेताहरुलाई शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।
स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गरिएको उप सचिव नारायण प्रसाद वाग्लेले जानकारी दिनुभयो।
छात्र भलिबलमा नीलकण्ठ र छात्रा भलिबलमा प्रकाश मावि प्रथम भएका छन्। कबड्डी छात्र र छात्रा दुबैमा बालमन्दिरले जितेको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई आईतबार एक कार्यक्रमका बीच कार्यक्रममा प्रमुख अतिथी नगर उप प्रमुख दिपक विश्वकर्माले पुरस्कृत गर्नुभएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा उक्त प्रतियोगिता आयोजना भएकाे थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको