दाङ । दाङको घोराहीमा औद्योगिक क्षेत्र बनाउनका लागि जग्गा नापको काम सुरु भएको छ । नेपाल सरकारले २०७७ माघ ११ गते औद्योगिक क्षेत्र घोषणा गरेको घोराही उपमहानगरपालिका वडा नं. ३ र ५ अन्तर्गत पर्ने जग्गा नापजाँचको काम सुरु भएको हो ।
जग्गा नाप्न सुरु गरेसँगै औद्योगिक क्षेत्रको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ । उक्त घोषणा गरेको जग्गा छनोटका लागि स्थानीयको सहभागितामा जग्गा नाप्न सुरु गरिएको छ । सरकारले तीन बर्ष अघि घोषणा गरेको औद्योगिक क्षेत्रलाई कार्यान्वयनका लागि जग्गा नापीको काम सुरु भएको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार जग्गा नापजाँचको प्रतिवेदन बनाएर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड काठमाडौं पठाइने भएको छ । ‘औद्योगिक क्षेत्र घोषणा भएपनि कार्यान्वयनका लागि ढिलाई भैरहेको छ’ ,दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बुढाथोकीले भन्नुभयो,‘अहिले जग्गा नापजाँचको काम भैरहेको छ । जग्गा छुट्टाएर प्रतिवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाउने छौ ।’
दाङ उद्योग बाणिज्य संघको लामो प्रयासपछि सरकारले औद्योगिक क्षेत्र घोषणा गरेपनि कार्यान्वयन हुन सकेको छैन । औद्योगिक क्षेत्र घोषणालाई कार्यान्वयन लग्न सके उक्त क्षेत्रमा उद्योगहरु स्थापनासँगै जिल्लाबासीले रोजगारको अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
सुरुमा करौँतीडाँडामा ८६ विगाहमा औद्योगिक क्षेत्र बनाउन पहल थालिएको थियो । तर उक्त क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना स्थापनका लागि जग्गा कम हुने भएपछि पछि घोराही उपमहानगरपालिकाकै वडा नं. ३ र ५ को खुल्ला क्षेत्रलाई समेटेर औद्योगिक क्षेत्र निर्माणको प्रक्रियालाई अघि बढाइएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।
अहिले घोषणा गरिएको औद्योगिक क्षेत्रमा मानवबस्ती न्यून रहेको, सहरी क्षेत्रबाट टाढा रहेको, वन क्षेत्र भएपनि न्यून रूख विरूवा रहेको, पानी, सडक र विद्युतको सहज सुविधा भएकाले औद्योगिक क्षेत्रका लागि उपयुक्त ठाउँ रहेको व्यवसायी बताउनुहुन्छ । केही समय अघि औद्योगिक क्षेत्रको काम अगाडि बढाउनका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुका निर्देशक सञ्जयलाल मानन्धरसहितको टोली दाङ आएर स्थलगत अध्ययन समेत गरेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको