सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ ।

नाबालिका बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर बलात्कार मुद्दा अघि बढाउनुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

मंगलबार महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने उच्च अदालतको आदेश बदर हुनुपर्ने र थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएको हो ।

बलात्कार अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँमा छाड्ने आदेश दिएको थियो । तर, उच्च अदालततको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्चमा पुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?