कालीकोट । सुर्खेतबाट कालीकोट तर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको रामघाटमा दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको दैलेख स्थित रामाघाटमा दुर्घटना भएको हो ।
दुर्घटनामा पाँच जना गम्भीर घाईते भएका छन् । अन्य आठ जना समान्य घाईते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेश्वर प्रसाद यादवले चामुण्डाबिन्दाशैनी नगरपालिका अन्तरगर्त रामाघाटमा फोर्स गाडी सडक भन्दा ८० मिटर तल खसेको बताउनुभयो ।
उहाँले फोर्समा ११ जना यात्रु र दुई जना चालक गरी १३ जना रहेको र सबै घाईते भएको बताउनुभयो । अहिले बिरामीलाई अस्पतालतर्फ लैजाने काम भईरहेकाले छ ।
चालक सामान्य घाईते भएकाले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको