बार्सिलोना । स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा दुई महारथी रियल म्याड्रिड र बार्सिलोना भिड्ने भएका छन् । सोमबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार उपाधिका दावेदार दुई टोली फाइनलअघि नै भिड्ने भएका हुन् ।
प्रतियोगिताको अर्को सेमिफाइनलमा ओसासुना र एथ्लेटिक बिल्बाओ खेल्नेछन् । रियलले पहिलो खेल घरेलु मैदानमा खेल्नेछ । पहिलो लिग मार्चको पहिलो साता हुँदा दोस्रो लिग अप्रिलको पहिलो साता हुनेछ । यसबीचमा दुई टोलीले १९ मार्चमा क्याम्प नोउमा ला लिगाको खेल खेल्नेछन् ।
त्यस्तै, ओसासुनाले पनि पहिलो लिगमा बिल्बाओलाई आमन्त्रण गर्नेछ । यो खेल फेब्रुअरी दोस्रो साता पहिलो लिग र मार्च पहिलो साता दोस्रो लिग हुनेछ । फाइनलमा पुग्ने टोलीले सन् २०२४ को सुपर कपमा पनि स्थान पक्का गर्नेछ ।
हालसम्म रियल र बार्सिलोनाले कपमा ३५ पटक खेलेका छन् । बार्सिलोनाले १५ खेल जित्दा रियलले १२ खेलमा जित हासिल गरेको छ । आठ खेल बराबरीमा सकिएको थियो । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको