सिर्जना कप भलिबल फागुन १६ बाट हुने

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । पाँचौँ सामुदायिक विद्यालयस्तरीय सिर्जना कप भलिबल प्रतियोगिता फागुन १६ देखि १९ गतेसम्म हुने भएको छ ।
सिर्जना विकास केन्द्र पोखरा र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक विद्यालयका छात्र, छात्राले मात्र भाग लिन पाउने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो ।

प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरूले मात्र भाग लिन पाउने र ५० टिमको सहभागिता रहने संयोजक मिनप्रसाद भट्टराईले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता छात्र तथा छात्रा दुवैतर्फको विजेताले एक/एक लाख तथा उपविजेताले समान ६०÷६० हजार र तृतीय हुनेले ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट छात्र तथा छात्रा दुवै खेलाडीले पाँच/पाँच हजारका साथमा ट्रफी र अन्य विधाहरूमा बेष्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर, बेष्ट सर्भरले एक/एक थान भलिबल प्राप्त गर्नेछन् । त्यस्तै, बेष्ट प्रशिक्षकले पाँच हजार प्राप्त गर्ने सहसंयोजक लेखनाथ लम्सालले बताउनुभयो ।

पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा आयोजना हुने प्रतियोगितामा करिब ११ लाख खर्च लाग्ने र प्रतियोगिताबाट १२ लाख ५० हजार आम्दानी गरी एक लाख ५० हजार रुपैयाँ बचत हुने संयोजक भट्टराईले बताउनुभयो । २०३७ सालमा स्थापित सिर्जना विकास केन्द्रले महिला, बालबालिका, शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?