महिला साफ यु-२० टोली आज बंगलादेश जाँदै

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यु-२० महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला यु-२० टोलीलाई मंगलवार बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलवार मुख्यालयमा एक कार्यक्रम आयोजना गरेर महिला टोलीको बिदाई गरेको हो । फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् ।

उपविजेता भन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य लिएको छ । नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले तयारी राम्रो भएको बताउनुभयो । उहाँले तयारीको सम्बन्धमा अवधि छोटो भएपनि अभ्यासका क्रममा खेलाडीको प्रदर्शनमा उल्लेख्य प्रदर्शन भएको भन्दै प्रतियोगितामा सुखद् नतिजा निकाल्नेमा आशावादी रहेको प्रतिक्रिया दिनुभयो । अघिल्ला संस्करणमा उपविजेतासम्म बनेको टोलीले यसपटक राम्रो गर्न दबाब भएको गुरुङले बताउनु भयो ।

दक्षिण एशियाली राष्ट्रहरूको प्रतिष्ठित प्रतियोगिता साफ फुटबल अन्तर्गतगको महिला यु-२० को चौथो संस्करण बंगलादेशको ढाकामा आयोजना हुँदैछ । फेब्रुअरी पहिलो साताबाट आयोजना हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदैछन् । नेपाली टोलीकी कप्तान प्रिती राईले पनि छोटो समयको तयारी राम्रो भएको र अभ्यास अनुसार खेल्न सके नेपाली टोलीले अपेक्षा अनुसारको नतिजा निकाल्ने बताउनु भयो । प्रतियोगिताको तयारी विगतको भन्दा भिन्न र राम्रो भएको भन्दै राम्रो गर्नेमा आपूm आशावादी भएको बताउनु भयो । प्रतिष्पर्धी टोली भारत र बंगलादेशमा अनुभवि र यु-१७ विश्वकप खेलेका खेलाडी भएपनि नेपाली टोलीले स्वभाविक खेलबाट सुखद् नतिजाको लक्ष्य लिएको राईले
बताउनु भयो ।

अघिल्ला संस्करण साफ यु-१८, साफ यु-१९ नाममाबाट आयोजना हुँदै आएको यो प्रतियोगिता अहिल भने यु-२० बाट हुन लागेको हो । अघिल्लो इतिहास हेर्दा उपविजेता भन्दा माथि उक्लिन नसकेको नेपाली महिला टोली ढाकामा आयोजना हुने चौथो संस्करणमा च्याम्पियन बन्ने लक्ष्य राखेको छ । च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ ।

मुख्य प्रशिक्षक गुरुङले २३ सदस्सीय टोलीको घोषणा गर्नुभएको थियो । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ भने सोही दिन भारत र भुटानबीच पनि खेल हुनेछ । त्यसको दुई दिनपछि फेब्रुअरी ५ मा नेपालले भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिगको अन्तिम खेल खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?