‘छक्का पञ्जा ४’को ‘दर्शन सलाम’ सार्वजनिक

युट्युब ट्रेडिण्ङमा गीत, देखियो लोभलाग्दो भ्युज

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत छ । यो गीत सार्वजनिक गर्दै प्रचारप्रसार अभियान सुरु गरेको निर्माण पक्षले जनाएको छ । गीत सार्वजनिक भएसँगै श्रोता-दर्शकको रोजाइमा परेको छ ।

चलचित्र ‘छक्का पञ्जा ४’ को दर्शकमाझ लोभलाग्दो हाइप देखिएको छ । निर्माण घोषणादेखि नै चर्चामा रहेको चलचित्रको पहिलो गीतले यतिबेला युट्युबमा निकै लोभलाग्दो भ्युज पाइरहेको छ । मंगलबार दिउँसोसम्म यो गीत युट्युब ट्रेण्डिङको ६ नम्बरमा थियो । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दीपकराज गिरि, दीपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे ‘माग्नेबुढा’, बुद्धि तामाङ, राज आचार्यलगायत कलाकारलाई फिचरिङ गरिएको छ ।

फागनु १८ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रमा हेमराज बिसीको निर्देशन, दीपकराज गिरिको कथा छ । चलचित्रको कार्यकारी निर्मातामा केदार घिमिरे ‘माग्ने बुढा’ र निर्मल शर्मा हुनुहुन्छ । चलचित्र आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रमा मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ, बेनिशा हमाल, मलिना जोशी, राज आचार्यलगायत कलाकारको अभिनय छ ।

गीतमा नेताको भूमिकामा देखिनुभएका दीपकले गीतको अन्तिममा मतमेटिका र निर्वाचन अधिकृतलाई कब्जा गरेको दृश्य समावेश छ, जसले नेपालका राजनीतिज्ञप्रति व्यंग गरेको छ । यो दृश्यले चलचित्र राजनीतिक विषयमा निर्माण भएको बुझाउँछ । छक्का पञ्जाका यसअघिका तीनवटै सिक्वेललाई दर्शकले अत्यधिक मन पराएका थिए ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?