विश्वव्यापी मुद्रास्फीति दर घट्ने प्रक्षेपण

Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२३ मा विश्वव्यापी मुद्रास्फीति दरमा कमी आउने जनाएको छ । कोषले वल्र्ड इकोनोमिक आउटलुक सार्वजनिक गर्दै २०२३ मा मुद्रास्फीति ८.८ प्रतिशतबाट घटेर ६.६ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको हो । चिनियाँ अर्थतन्त्र चलायमान भएसँगै त्यसको सकारात्मक प्रभाव विश्वभर पर्ने र माग आपूर्ति चक्रमा सुधार आउने बताइएको छ । सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धिदर २.९ प्रतिशत पुग्ने कोषको आँकलन छ । उक्त प्रक्षेपण गत अक्टोबरको तुलनामा ०.२ प्रतिशतले बढेको हो । यसअघि सन् २०२२ को अक्टोबरमा कोषले सन् २०२२ मा विश्वव्यापी आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने जनाएको थियो ।

सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धिदरमा सकारात्मक सुधार आई आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने अनुमान छ । कोषले सन् २०२३ मा विकसित राष्ट्रको आर्थिक वृद्धिदर १.२ प्रतिशत, उदीयमान तथा विकासोन्मुख राष्ट्रको वृद्धिदर चार प्रतिशत, उदीयमान बजार व्यवस्था तथा मध्यम आयम भएका राष्ट्रको चार प्रतिशत र न्यून आय भएका विकासोन्मुख राष्ट्रको वृद्धिदर ४.९ प्रतिशत रहने उल्लेख गरेको छ । सन् २०२३ मा अमेरिकाको आर्थिक वृद्धिदर १.४ प्रतिशत, युरो क्षेत्रको ०.७ प्रतिशत र बेलायतको अर्थतन्त्र ०.६ प्रतिशतले खुम्चिनेछ भने भारतको आर्थिक वृद्धिदर ६.१ प्रतिशत, चीनको तीन प्रतिशतबाट बढेर सन् ५.२ प्रतिशत पुग्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?