सगरमाथा र लुम्बिनीबीच मर्जर सम्झौता

Read Time = 2 mins

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमबीच दुई कम्पनीबीच उक्त सम्झौता भएको हो । सम्झौताअनुसार दुवै कम्पनी गाभिएपछि बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहनेछ भने सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान-प्रदान अनुपात (स्वाप रेसियो) क्रमश १००ः८० कायम रहनेछ ।

दुवै कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरणपछि स्वाप रेसियो गणना गरी मर्जरपछि कायम हुने कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६२ करोड रुपैयाँभन्दा बढी पुग्नेछ ।

त्यसैगरी सञ्चालक समिति अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री नै रहने, सञ्चालक समितिमा दुवै कम्पनबाट तीन/तीनजना र एकजना स्वतन्त्र सञ्चालक रहने बताइएको छ । अन्तिम सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका अध्यक्ष रामकृष्ण मानन्धर र लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मूलले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?