यस्तो छ तपाईंको माघ १८ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ माघ १८ गते बुधबार, ई.सं १ फेबु्रअरी, २०२३ । तिथि- माघ शुक्लपक्ष एकादशी, नक्षत्र- रोहिणी, योग- ऐन्द्र, करण- भद्रा, चन्द्रराशि- वृष, सूर्योदयः ६ः५३, सूर्यास्तः १७ः४३ ।

मेष : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

वृष : राज्य पक्षबाट अनावश्यक झै–झमेला आइलाग्न सक्छ ।

मिथुन : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।

कर्कट : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

सिंह : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।

कन्या : भाग्यले साथ नदिँदा ठूलो प्रयत्नले पनि इष्टकाम पुरा हुन कठिन छ ।

तुला : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

वृश्चिक : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।

धनु : लगानीबाट अपेक्षित लाभ लिन कठिन हुनेछ ।

मकर : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

कुम्भ : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

मीन : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?